बुधबार १९ काठमान्डौ
आज तेस्रो दिन सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । पछिल्लो तीन दिनदेखि सुनको मूल्य घटबढ नभएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयामा कारोबार भईरहेको छ । उक्त मूल्य आईतबारको बजारमा कायम गरेको मूल्य हो । त्यसपछिका तीन दिन सुनको मूल्यमा घट्बढ् नभएको हो ।
यस दिन चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य एक हजार ७५५ रुपैयाँमा किनबेच भएको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा किनबेच भएको थियो ।






