रौतहटबाट स्रोत नखुलेको ४ लाखसहित एक जना पक्राउ

२०८१ भाद्र २०, बिहीबार ०९:२२

रौतहट,२०भदौ रौतहट सदरमुकाम गौर नगरपालिका वडा नं १ मा स्रोत नखुलेको ४ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नेपाल–भारत सीमाना नजिक भारतबाट नेपालतर्फ आउँदै गरेका एक जनालाई स्रोत नखुलेको नगदसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अन्दाजी १८ वर्षीय सत्यम भन्ने अनिकेत राज रहेका छन् । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?