सर्लाही,२६ भदौ । सर्लाहीको सदरमुकाम मलङ्गवामा गणेश चतुर्थीको मुर्ति विसर्जनको क्रममा ढुङ्गा फाल्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले पक्राउ परेका मलंगवा नगरपालिका वडा नं ३ बस्ने २३ वर्षिय फरिद साहलाई सोमबार सार्वजनिक रहेको हो ।
उनले गणेश चतुर्थीको मुर्ति विसर्जन गर्ने समुह माथी ढुङ्गा प्रहार गरेको आरोपमा पक्राउ गरेको हो । उनले धार्मिक सद्भाव बिगार्ने नियति यस्तो गरेको हुनसक्ने स्थानीयहरुले बताएका छन ।
साहलाइ जिल्ला प्रशासन कार्यलय सर्लाहीबाट ५ दिनको म्याद थप गरि अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । 






