जनकपुरधाम,३० भदौ । जनकपुरधाम उद्योग वाणिज्य संघको महासचिवमा फुलदेव पण्डित विजय भएका छन् ।
महासचिवमा विजयी भएका पण्डितले १५ सय ८३ मत ल्याएका छन् । उहाँको निकटतम प्रतिद्वन्दी सुधीर पजियारलाई ७८९ मत आएको छ । महासचिवमा तेस्रो भएका अशोककुमार चौधरीलाई ६१९, चौथो भएका गणेशप्रसाद साहलाई ५०५ मत आएको छ ।






