असोज २ बुधबार काठमान्डौ
भोलि बिहीबार हुने कन्सर्टको लागि संविधान दिवसको दिन दरबारमार्गमा हुने ‘नेसनल डे कन्सर्ट’ का लागि स्टेज बनाउने काम तीव्रताका साथ चलिरहेको छ।
भोलि बिहीबार हुने कन्सर्टको लागि तयारी सुरू भएसँगै सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ, जय नेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरूलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ।