सप्तरीमा नालामा डुबेर ८ वर्षीय बालकको मृत्यु

२०८१ आश्विन १३, आईतवार ०७:१८

सप्तरी,१३ असोज । सप्तरीमा ढक्कनले नछोपिएको नालामा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जील्लाको राजविराज नगरपालिका ८ का ८ वर्षीय प्रिन्स कुमार साह रहेका छन्।

हिजो (शुक्रबार) दिउँसो घर नजिकै खेल्दै गरेका प्रिन्स एक्कासी हराएका थिए। त्यसपछि उनलाई खोज्दै जाँदा घर नजिकै रहेको उक्त नालामा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अहिले प्रिन्सको शव गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?