महोत्तरीबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित दुई जना पक्राउ

२०८१ आश्विन १८, शुक्रबार १५:०९

जनकपुरधाम,१८ असोज । महोत्तरीमा स्रोत नखुलेको २२ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा जील्लाको एकडारा गाउँपालिका–४ का २३ वर्षीय ललित महरा र सम्सी गाउँपालिका–६ का ४२ वर्षीय शेष हसमत अली रहेका छन्।

प्रहरीले महरालाई हिजो (बिहिबार) ज७प ७६२८ नम्बरको मोटरसाइकलमा चढेर भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जिल्लाकै मटिहानी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकबाट श्रोत नखुलेको रु १० लाखसहित पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?