प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख दिन मधेस सरकारलाई आग्रह

२०८१ आश्विन १८, शुक्रबार १७:००

जनकपुरधाम, १८ असोज । मधेस प्रदेशको सत्तारुढ दलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ दिन मधेस प्रदेश सरकारलाई आग्रह गरेको छ ।

शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकले विनाशकारी बाढी,पहिरो र डुबानबाट प्रभावित परिवारलाई राहत दिनेगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मधेस सरकारका तर्फबाट ५१ लाख रुपैयाँ सहयोग गर्न मुख्यमन्त्री सतिशकुमार सिंहसंग आग्रह गरेको हो ।

सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको संख्या, नियुक्त पदाधिकारीका कार्य अवधि, कामकाजको प्रभावकारिता लगायतका विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नका लागि लोसपाका संसदीय दलका उपनेता उपेन्द्र महतोको संयोजकत्वमा समिति गठनपनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?