जनकपुरधाम उपमहानगरपालिकामा सेवाग्राही नगर प्रहरीबाट कुटिए!

२०८१ कार्तिक ८, बिहीबार ११:२२

जनकपुरधाम,०८ कार्तिक । जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा कर तिर्न गएका एक सेवाग्राहीमाथि नगरप्रहरीले कुटपिट गरेको घटना बाहिरिएको छ ।

बुधबार नगरपालिकाको कार्यालयमा कर तिर्न गएका एक सेवाग्राहीलाई नगर प्रहरीले पुरानो निहुँमा कुटपिट गरेको आरोप लगाईएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ थापाचोक बस्ने स्थानीय व्यवसायी कौशल किशोर साहलाई नगर प्रहरीले कोठामा थुनेर कुटपिट गरेको आरोप लगाएका छन् ।

जनकपुरधाम उपमहानगरका नगर प्रहरी नीतिश रायले उनलाई कोठामा लगेर कुटपिट गरेको बताइएको छ । मँगलबार नगर सरसफाईको क्रममा थापाचोकस्थित पसल सँचालक रहेका साहसँग नोकझोँक भएको थियो । सोही निहुँ र रिसबीको कारण उनलाई कोठामा थुनेर कुटपिट गरेका साहलाई उदृत गर्दै वडा नं. ९ का वडाध्यक्ष परमेश्वर साहले जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?