`बा र समाज´ – फरिदा खातुन(जनकपुरधाम)
कहाँ सजिलो थियो त बा..!! जुन समाजले छोरी भन्दै हिच्किचाउने, त्यो समाजमा तिमीले छोरी पढाएको कहाँ सजिलो थियो त बा.…
छोराछोरी बराबर हुँदैनन् भन्ने समाजमा, छोराभन्दा पनि उच्च दर्जाले छोरीलाई हुर्काउने कहाँ सजिलो थियो त बा….
छोरीलाई छोरा बन्नु पर्दैन भन्ने कुरा पनि तिमीले भन्यौ छोरी त छोरा भन्दा पनि महान हुन्छन् भन्ने कुरा पनि तिमीले नै सिकयौ ।
समाजले छोरीलाई पढाउनु पर्दैन भन्ने कुरा बारम्बार भनिन्।मेरा बा त निडर नै रहेछन्,,,
बा… मैले छोरीलाई होइनन् आउने पुस्तालाई पढाउँदै छु। मैले छोरीलाई मात्र पढाएको कहाँ हो र! म त एउटा घरलाई पढाउँदै छु। एउटा परिवार, समुदाय र समाजलाई पढाउँदैछु।
छोरी हुँदा-हुँदा पनि छोरा नभए स्वर्ग जादिनन् भने समाजमा एक्लो सन्तानको रूपमा छोरी हुर्काउन कहाँ सजिलो थियो त बा ….
छोरीलाई रोटी पकाउने सिकाउने मात्र समाजमा रोटी कमाउने पनि सिकाउने कहाँ सजिलो थियो त बा ..!!!
जुन समाजमा छोरीलाई दाइजो दिएर विदाई गर्ने चलन हो त्यो समाजमा आत्मनिर्भर बनाएर विधाई गर्न कहाँ सजिलो थियो त बा
छोरीलाई छोराभन्दा पनि महान भन्ने…!! कहाँ सजिलो थियो त बा…!!
लेखक:- फरिदा खातुन(जनकपुरधाम)