काठमाडौं,२१ कार्तिक । लोकप्रिय सामाजिक सञ्जाल टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, आवश्यक कागजात पेस गरेपछि टिकटकले नेपालमा औपचारिक दर्ता प्रक्रिया पूरा गरेको हो।
नेपालमा सामाजिक विकृति फैलाएको भन्दै गत वर्ष टिकटक प्रतिबन्ध गरिएको थियो। तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णयको घोषणा गरेकी थिइन्। त्यसपछि गत भदौ ६ मा टिकटकलाई पुनः खोलिएको थियो।
अब भने निर्देशिकाअनुसार नेपालमा टिकटकलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि दर्ता गरिएको छ। हाललाई सिंगापुरस्थित टिकटकको कार्यालयले नेपालमा रहेका गतिविधि सम्हाल्ने बताइएको छ।






