प्रेम सम्बन्धले फसाएको युवतीको कथा: प्रेमीको घरमा न त माया, न त सुरक्षा

२०८१ कार्तिक २७, मंगलवार १२:२७

महोत्तरी,२७ कार्तिक । महोत्तरीको एकडारा गाउँपालिका वडा नं. ५ बहेडा ब्रम्हस्थान टोलकी २३ वर्षीया सरिखा सहनी र सोही गाउँका रामनारायण मण्डलका छोरा विक्रम मण्डलबीचको प्रेम सम्बन्धले नयाँ मोड लिएको छ। प्रेम सम्बन्धलाई नासोको रुपमा लिइने हाम्रो समाजमा यो प्रेम कहानीले अर्को आयाम लिएको छ।

प्रगास सहनीकी छोरी सरिखा र विक्रम मण्डलबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो। यसबीच, सरिखाको विवाह अर्कै युवकसँग तय भयो। तर, बिहेपछि पनि सरिखा र विक्रम बीचको कुराकानी रोकिएन। यसै कारणले गर्दा सरिखाको पति निराश हुँदै सम्बन्ध टुंग्याउन बाध्य भए, जसले गर्दा उनी फेरि आफ्नो पुरानो प्रेमी विक्रम मण्डलसंग कुराकानी जारीनै थियो ।

गाउँ समाजको दृष्टिमा यो सम्बन्ध रहस्य नै रहेन, जसका कारण सरिखाले विक्रमको घरमा बस्न बाध्य भइन्। तर, अहिले विक्रमको परिवारले उनलाई अस्वीकार गरेको छ। परिवार मात्र नभई विक्रमले पनि उनलाई साथ दिन अस्वीकार गरेका छन्। विक्रमकी आमाको भनाइमा, “समाजमा निर्णय नभएसम्म उनलाई घरमा राख्न सकिँदैन। उनलाइ कसले पाल्ने ? कसले राख्ने मोरो छोरा आएपछि समाजको निर्णयले हामी राख्छौं । “

सरिखाको अनुसार, उनलाई विक्रमको आमाले कठोर कुटपिट र मानसिक यातना दिएको बताएकी छिन्, जसको कारण उनको स्वास्थ्य गम्भीर भएको छ । विक्रम मण्डल भने यस परिस्थितिबाट पन्छिएका छन् र अहिले उनी फरार रहेका छन ।

यो घटनाले समाजलाई एउटा प्रश्न उब्जाएको छ – प्रेम र परिवारको परिभाषा के हो? के प्रेम केवल भावना हो, कि जिम्मेवारी पनि? अहिलेको स्थिति यस्तो छ कि सरिखा सहनी न त प्रेमीको घरमा सुरक्षित छिन्, न त समाजमा स्वीकार्यता पाएकी छिन्। सरिखा अहिले कहिँ कतैको छैन ।

यो घटनाले समाजमा सोच्नुपर्ने प्रश्न उठाउँछ: के हामीले प्रेमलाई गम्भीरताका साथ व्यवहार गरेका छौं?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?