एमाले शक्ति जाँच्न सडकमा कार्यकर्ता उतार्दै

२०८१ मंसिर ५, बुधबार २१:११

मंसिर ५ बुधवार काठमान्डौ

बुधबार एमालेले काठमाडौंमा पत्रकार भेटघाटको आयोजना गर्‍यो। उपमहासचिव प्रदीप ज्ञवालीले मंसिर ७ गतेको जागरण सभाको औचित्यबारे विवेचना गरे।

प्रधानमन्त्री ओली चीन भ्रमण जानुअघि कांग्रेस, एमाले साझा निष्कर्षमा पुग्ने पनि जानकारी दिए।एमालेले मंसिर ७ गते दरबारमार्गमा जागरण सभा गर्दैछ।

एमालेको काठमाडौं, ललितपुर, भक्तपुर, विशेष जिल्ला कमिटी, सम्पर्क समन्वय कमिटीको आयोजनामा उक्त सभा गर्न लागिएको हो। करिब १ लाख कार्यकर्ता,

पार्टी समर्थक, शुभेच्छुक उतार्ने लक्ष्य राखिएको बागमती इन्चार्ज राजन भट्टराईले जानकारी दिए। राजनीतिक दल सत्तामा नहुँदा र हुँदा पनि जनताका जानुलाई

स्वाभाविक रूपमा लिनुपर्ने बताए। ‘राजनीतिक दललाई जनतामा जान उत्प्रेरित गर्नुपर्छ। यो सभा उपनिर्वाचनको तयारी र मत माग्नका लागि पनि हो,’ उनले भने, ‘जागरण सभा जनतालाई सुन्ने अवसर पनि हो।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?