रौतहटमा टिक्टक बनाउने क्रममा दुई युवकको डुबेर मृत्यु

२०८१ मंसिर १४, शुक्रबार २१:३४

रौतहट,१४ मंसिर । रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं २ गेडहिगुठीमा टिक्टक बनाउने क्रममा दुई जना युवकको पानीमा डुबेर मृत्यु भएको छ। घटना गरुडा नगरपालिका अन्तर्गत शिवनगरको लमहा नदीमा भएको हो।

सूचना अनुसार, ती दुवै युवक कक्षा १० मा अध्ययनरत थिए। टिक्टक भिडियो बनाउँदै गर्दा उनीहरू नदीमा गहिरो पानीमा पुगेपछि डुबेका थिए। घटनापछि स्थानीयहरूले खोजी कार्य सुरु गरे पनि उनीहरूको उद्धार गर्न सकिएन।

हालसम्म मृतकहरूको पहिचान खुल्न सकेको छैन। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

यस घटनाले मनोरञ्जनका लागि जोखिमपूर्ण कार्य गर्न खोज्दा हुन सक्ने गम्भीर परिणामप्रति सचेत गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?