एनपीएल उद्घाटन : जनकपुरले टस जितेर बलिङ गर्दै

२०८१ मंसिर १५, शनिबार १३:४१

मंसिर १५ शनिबार काठमान्डौ

१५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स खेल्दै छन् । जारी खेलमा जनकपुरले टस जितेको छ । जनकपुरका कप्तान अनिल शाहले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रँदै छ भने जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा उत्रँदै छ । विराटनगरमा विश्वचर्चित मार्टिन गप्टिल, ओमानका आकिब इलियास, क्यानडाका निकोलस किर्टनजस्ता खेलाडीहरू छन् ।त्यसैगरी जनकपुरमा अमेरिकाका मोहमद मोहसिन, लाहिरु मिलान्थाजस्ता खेलाडी छन् ।अहिले १५ ओभर खेल्दै विराटनगर किङ्ग्स ले १०० रन बनाएको छ ।मार्टिन गप्टिल ले पहिलो खेल मै ४३ बल खेल्दै ५५ रन बनाएर आउट भएको छ ।अहिले १५ ओभर खेल्दै विराटनगर किङ्ग्स ले १०० रन बनाएको छ ।मार्टिन गप्टिल ले पहिलो खेल मै ४३ बल खेल्दै ५५ रन बनाएर आउट भएको छ ।अहिले १६ ओभर मा १०५ रन बनाउदै ७ खिलाडी आउट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?