महोत्तरीको रमगोपालपुरमा उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न, ७०.७१% मतदान

२०८१ मंसिर १६, आईतवार १९:१६

महोत्तरी,१६ मंसिर । महोत्तरी जिल्लाको रमगोपालपुर नगरपालिका २ अन्तर्गत रहेको श्री नेपाल राष्ट्रिय जनता आधारभूत विद्यालय मतदान केन्द्रमा उपनिर्वाचन आज शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

निर्वाचनमा कुल मतदाताको ७०.७१% सहभागिता रहेको छ। मतदान सम्पन्न भएपछि, ५:२४ बजे मतपेटिका नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोलीद्वारा सुरक्षित रूपमा वडा कार्यालय (निर्वाचन अधिकृतको कार्यालय) मा लगिएको छ।

अहिले मतगणनाको तयारी भइरहेको छ भने प्रारम्भिक नतिजा चाँडै सार्वजनिक हुने अपेक्षा गरिएको छ। निर्वाचनको सम्पूर्ण प्रक्रिया शान्तिपूर्ण र सुव्यवस्थित रूपमा सम्पन्न भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।

(नोट: परिणाम सार्वजनिक भएसँगै थप विवरण प्रकाशित गरिनेछ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?