भाटभटेनी सुपरमार्केटमा ढुसी परेको नरिवल फेला

२०८१ मंसिर १९, बुधबार १७:५३

काठमाडौं,१९ मंसिर । काठमाडौंको त्रिपुरेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा उपभोक्ताले खरिदका लागि राखिएका नरिवलमा ढुसी देखिएको छ। ग्राहकहरूले प्याक गरिएका नरिवलको गुणस्तरमा प्रश्न उठाउँदै स्वास्थ्य सुरक्षासम्बन्धी गुनासो गरेका छन्।

स्थानीय उपभोक्ताहरूका अनुसार, सुपरमार्केटको तर्फबाट प्याकेजिङ र भण्डारणमा लापरवाहीका कारण यस्तो समस्या आएको हुनसक्छ। यो घटनाले भाटभटेनीजस्तो प्रतिष्ठित सुपरमार्केटमा बिक्री हुने सामग्रीको गुणस्तरप्रति विश्वासमा असर पुर्‍याएको छ।

ग्राहकहरूको गुनासोपछि सुपरमार्केट प्रशासनले छानबिन गर्ने र भविष्यमा यस्ता समस्याहरू नदोहोर्‍याउने प्रतिबद्धता जनाएको छ। यस घटनाले उपभोक्ता अधिकार संरक्षण र बजार निरीक्षणको आवश्यकता झनै महत्त्वपूर्ण बनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?