सप्तरी,१३ मंसिर । सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समिति भवनमा एक हृदयविदारक घटना घटेको छ। गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत ४५ वर्षीय सुधीर कुमार झा झ्यालमा बाँधिएको अवस्थामा मृत भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले घटनाको पुष्टि गर्दै झाको मृत अवस्थामा फेला परेको जानकारी दिएका छन्। यस घटनाले सम्पूर्ण जिल्लालाई स्तब्ध बनाएको छ।
मृतक झाको मृत्युको कारण अहिलेसम्म खुल्न नसकेको र घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। यस हृदयविदारक घटनाले स्थानियबासीमा त्रास र स्तब्धता छाएको छ।
सुधीर कुमार झा असल र मृदुभाषी व्यक्तित्वका रुपमा चिनिन्थे। उनको यस दु:खद निधनले परिवार र साथीभाईमा शोकको छाया छाएको छ।






