नेपाल पत्रकार महासंघ सप्तरीमा लगाइएको ताला खुल्यो

२०८१ मंसिर २४, सोमबार १५:२७

सप्तरी,२४ मंसिर । नेपाल पत्रकार महासंघ सप्तरी शाखामा लगाइएको ताला सोमबार खुलेको छ । नेपाल पत्रकार महासंघ सप्तरी शाखाको सदस्य सूची महासंघको आधिकारिक वेबसाईटमा सार्वजनिक भएपछि प्रेस मञ्च नेपाल सप्तरीले ताला खोलेको हो ।

पत्रकार महासंघको केन्द्रमा मनोनयन दर्ता हुँदा समेत सप्तरी शाखाको सदस्यता नामावली शाखामा नपठाएको तथा महासंघको आधिकारिक वेबसाईटमा समेत समाबेश नगरेको विरोधमा प्रेस मञ्च नेपाल सप्तरी शाखाले मंसिर २१ गते महासंघ कार्यालयमा तालाबन्दी गरेका थिए ।

महासंघ सप्तरीको सदस्यता सूची वेबसाईटमा सोमबार सार्वजनिक गरेकोले महासंघमा लगाएको ताला खोलिएको प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष भूषण कुमार सिंहले बताए ।

प्रेस मञ्च नेपाल सप्तरीले महासंघ कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया प्रभावित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?