१३ कार्तिक । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज (आइतबार) सुनको मूल्य गत कार्तिक ७ गते (सोमबार) को मूल्य भन्दा १००० रुपैयाँले घटेको हो ।
स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार रहँदा गत सोमबार रु ९४ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० रहेकामा गत सोमबार प्रतितोला रु ९३ हजार ५०० मा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदी पनि १५ रुपैयाँ घट्दै एक हजार २०० मा कारोबार भएको महासंघले जनाएको छ । गत सोमबार चाँदी प्रतितोला एक हजार २१५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।






