सिरहा चोहर्वा सडकखण्डमा मोटरसाइकल र म्याजिक ठोक्किँदा चालक गम्भीर घाइते

२०८१ मंसिर २६, बुधबार १३:११

सिरहा,२५ मंसिर । सिरहा चोहर्वा सडकखण्डमा आज बिहान करिब ८ बजे भएको सडक दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। भलुवाही र पदमपुरको बीचमा लु ८० प ०१५१ नम्बरको मोटरसाइकल र को १ ज ३३९७ नम्बरको म्याजिक ठोक्किँदा उक्त दुर्घटना भएको हो।

घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई तत्कालै उपचारका लागि सिरहाको प्रादेशिक अस्पतालमा लगिएको छ। हाल उनको उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान भइरहेको छ भने स्थानीय प्रशासनले सबैलाई सडकमा सतर्क रहन आग्रह गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?