दश किलो गाँजासहित श्रीमान्-श्रीमती पक्राउ

२०८१ मंसिर २६, बुधबार १८:०७

जनकपुरधाम,२६ मंसिर। मकवानपुरमा दश किलो गाँजासहित श्रीमान्-श्रीमती पक्राउ परेका छन्। पक्राउ पर्नेमा जील्लाको कैलाश गाउँपालिका–४ झ्याके निवासी ५२ वर्षीय प्रताप सिंह मोक्तान र उनकी ५० वर्षीय पत्नी राममाया मोक्तान रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुलाई विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले मनहरी गाउँपालिका–७ स्थित बजार क्षेत्रबाट पक्राउ गरेको हो। नियमित गस्तीका क्रममा उनीहरू शङ्कास्पद अवस्थामा देखिएपछि जाँच गरिएको थियो ।

जाँचका क्रममा झोलाभित्र लुकाएर राखिएको अवस्थामा गाँजा भेटिएको थियो। उनीहरुको साथबाट प्रहरीले ९ किलो ८५० ग्राम गाँजा बरामद गरेको छ। पक्राउ परेका दम्पतीविरुद्ध लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?