एनपीएलमा आज जनकपुर र काठमाण्डौ खेल्ने

२०८१ मंसिर २७, बिहीबार ११:०२

जनकपुरधाम,२७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान नौ बजे पोखरा एभेन्जर्स र विराटनगर किंग्स खेल्दैछन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको दोस्रो खेलमा दिउँसो एक बजे जनकपुर बोल्ट्स र काठमाण्डौ गुर्खाज खेल्दैछन् ।

एनपीएलमा अहिलेसम्म १९ वटा खेल सम्पन्न भएका छन् । सुदूरपश्चिम रोयल्स पाँच खेलमा आठड अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

जनकपुरले पनि पाँच खेलमा ८ अङ्क जोडे पनि नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ । काठमाण्डौ चार खेलमा चार अङ्कसहित  तालिकाको पाँचौँ स्थानमा छ ।

समान चार खेल खेलेका पोखरा र विराटनगर एउटा खेलमा जीत र तीन वटामा हार बेहोरेर तालिकाको पुछारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?