साउथ सुपरस्टार अल्लु अर्जुन पक्राउ

२०८१ मंसिर २८, शुक्रबार १३:३९

काठमाडौं । दक्षिण भारतीय फिल्म स्टार अल्लु अर्जुनलाई हैदराबाद प्रहरीले पक्राउ गरेको छ ।

उनको फिल्म ‘पुष्पा–२’ रिलिज हुनुभन्दा एकदिन अघि गरिएको प्रिमियरमा भागदौड हुँदा एक महिलाको मृत्यु भएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

‘पुष्पा २’ रिलिजको पूर्वसन्ध्यामा हैदराबादको ‘सन्ध्या थिएटर’मा फिल्मको स्क्रिनिङ भएको थियो । मानिसहरु अग्रिम टिकट काटेर चलचित्र हेर्न आएका थिए ।

रिपोर्टका अनुसार अर्जुनको टोलीले अचानक उनको यहाँ भ्रमण गर्ने योजना बनाएको थियो र उनी थिएटरमा पुग्ने बित्तिकै उनलाई हेर्न फ्यानहरूमा भागदौड मच्चिएको थियो ।

यस भागदौडको क्रममा त्यहाँ एक महिलाको मृत्यु भएको थियो । पछि अल्लुसहित धेरै व्यक्तिहरू विरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

सोहीआधारमा अल्लुलाई पक्राउ गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?