नेपाल पत्रकार महासंघ धनुषामा नयाँ नेतृत्व: अध्यक्षमा पुरन साह निर्वाचित

२०८१ मंसिर २९, शनिबार ०८:५२

जनकपुरधाम,२९ मंसिर । नेपाल पत्रकार महासंघ धनुषा शाखाको नयाँ कार्यसमितिको चयन भएको छ। पुरन साह अध्यक्षमा निर्वाचित हुनुभएको छ। उहाँले ८२ मत प्राप्त गर्दै विजय हासिल गर्नुभयो।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा अवधेश कामत ७० मतसहित निर्वाचित हुनुभयो। महिला उपाध्यक्ष पदमा नेहा झा ७७ मत प्राप्त गरी विजयी हुनुभयो। सचिवको भूमिकामा बटुकनाथ झा ५६ मतसहित चयन हुनुभएको छ। सहसचिव पदमा अर्जुन मण्डल ६४ मतसहित र दिपेश मल्लिक ७९ मतसहित निर्वाचित हुनुभएको छ।

यस नयाँ नेतृत्वले धनुषा जिल्लामा पत्रकारिताको क्षेत्रलाई थप सुदृढ गर्दै पारदर्शिता र व्यावसायिकता कायम गर्ने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?