सिराहामा कार-ट्रक ठोक्किँदा अवैध गाँजा बरामद, चालक फरार

२०८१ मंसिर ३०, आईतवार १४:१४

सिराहा,३० मंसिर । सिराहाको धनगढीमाई नगरपालिका-१०, जिरो माइलमा कार र ट्रक ठोक्किँदा गम्भीर घटना सार्वजनिक भएको छ। दुर्घटनापछि कारभित्र ठूलो मात्रामा अवैध लागू औषध गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनास्थलमा कारको नम्बर प्लेट समेत हटाइएको अवस्थामा फेला परेको छ भने चालक फरार छन्। घटनापछि प्रहरीको टोलीले अनुसन्धान तीव्र पार्दै फरार व्यक्तिको खोजी गरिरहेको छ। लागू औषध ओसारपसारको यस्तो घटना क्षेत्रका लागि चिन्ताजनक बनेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?