१४ कार्तिक । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज (आइतबार) सुनको मूल्य स्थिर रहेको हो ।
स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार रहँदाआइतबार पनि रु ९३ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० रहेकामा आइतबार पनि प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदी मूल्य पनि स्थिर रहँदै आइतबारकै मूल्य अनुसार कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २०० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।






