काठमाडौं,१० पुष । कजाकिस्तानको अक्ताउ शहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा २५ जनाको उद्धार गरिएको छ ।
बीबीसीकाअनुसार उद्धार गरिएका २५ जनामध्ये २२ जनालाई अस्पताल लगिएको छ । अहिलेसम्म कति जनाको मृत्यु भएको खुलिसकेको छैन ।
स्थानीय अधिकारीकाअनुसार विमानमा ६७ जना सवार थिए । विमान दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।
काजाकिस्तानको आपत्कालीन मन्त्रालयले अहिले दुर्घटनास्थलमा पुग्न प्रयास भइरहेको जनाएको छ ।
समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै यो विमान अजरबैजान एअरलाइन्सको रहेको बताएको छ, जुन बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।






