महिलालाई विभिन्न प्रलोभनमा पारी ठगी र शारीरिक शोषण गर्ने पक्राउ

२०८१ पुष १४, आईतवार १२:०६

काठमाडौं,१४ पुष । महिलालाई विभिन्न प्रलोभनमा पारी आर्थिक तथा शारीरिक शोषण गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका-६ घर भइ भक्तपुरको चागुनारायण बस्ने ३४ वर्षीय होमबहादुर मगर छन् ।

पीडित महिलाहरुको जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनलाई पक्राउ गरेको हो ।

मगरले साजन मगर नामबाट फेसबुक र ह्वाट्सयापमार्फत डिपेन्डेन्ट बनाई कोरिया लैजान्छु, सहुलियतमा सामान खरिद गर्नेजस्ता बहानामा आर्थिक र शारीरिक शोषण गर्ने गरेको प्रहरीले जनाएको छ ।

अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यकाअनुसार कोरिया पठाउने नाममा २१ लाख रुपैयाँ ठगी गरेको पीडितको उजुरीमा उल्लेख छ ।

साथै, आइफोन दिने नाममा दुई लाख रुपैयाँ ठगी गरेको उल्लेख छ । उनीविरुद्ध वैदेशिक रोजगारी तथा विभिन्न प्रलोभनमा पारी महिलाहरुलाई शारीरिक शोषण गरेको मौखिक उजुरी पनि रहेको छ । मगरमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?