लहानमा हुसीका कारण धान बोकेको ट्रक पल्टियो

२०८१ पुष १६, मंगलवार ०९:४९

सिरहा,१६ पुष । सिराहाको लहानस्थित लक्ष्मण ललिता कुसवाहा माविको अगाडि गएराति धान बोकेको ट्रक दुर्घटनामा परेको छ। स्थानीय स्रोतका अनुसार राति करिब ४:३० बजे बाक्लो हुसीका कारण चालकले ट्रक नियन्त्रण गर्न नसक्दा सडक छेउमा पल्टिएको हो।

दुर्घटनाका क्रममा ट्रकमा रहेका केही व्यक्तिहरू सामान्य घाइते भएका छन्। तर, ठुलो मानवीय वा भौतिक क्षति भने भएको छैन। घटनापछि केहीबेर यातायात अवरुद्ध भए पनि प्रहरी र स्थानीयबासिन्दाको सहकार्यमा सडक पुन: सुचारु गरिएको छ।

यो घटना चिसो मौसममा हुने बाक्लो हुसीले सडक सुरक्षामा पार्ने असरको उदाहरण हो। प्रहरीले यस्ता दुर्घटनाबाट बच्न सावधानी अपनाउन चालकहरूलाई सतर्क रहन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?