जनकपुरधामका विद्यालयहरुमा १० दिने जाडो विदा घोषणा

२०८१ पुष १८, बिहीबार १०:५८

जनकपुरधाम,१८ पुष । जनकपुरधाम उपमहानगरपालिकाले चिसोको बढ्दो प्रभावलाई मध्यनजर गर्दै २०७९ माघ १९ देखि माघ २९ गतेसम्म १० दिने जाडो विदा घोषणा गरेको छ। उपमहानगरपालिकाको शैक्षिक सत्र २०८१ को क्यालेन्डरअनुसार आवश्यकता अनुसार जाडो विदा दिने व्यवस्था गरिएको थियो।

यो विदा वर्षे विदाबाट कटौती हुने गरी लागू गरिएको छ। उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाका शाखा प्रमुख धीरेन्द्र लाल कर्णले जारी आदेशमा सबै सामुदायिक र संस्थागत विद्यालयले यस निर्णयको पालना गर्न आग्रह गरिएको छ।

विदा अवधिमा विद्यालयहरु बन्द रहनेछन्, जसले विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई चिसोबाट सुरक्षित रहने अवसर प्रदान गर्नेछ। यस कदमलाई विद्यार्थी र शिक्षकप्रति संवेदनशील निर्णयका रुपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?