बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?

२०७९ कार्तिक १५, मंगलवार ०६:५१

१५ कार्तिक । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज (मंगलबार) सुनको मूल्य १०० रुपैयाँले बढेको हो ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार १०० रहँदा सोमबार रु ९३ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० रहेकामा सोमबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी पनि १५ रुपैयाँ बढ्दै एक हजार २१५ मा कारोबार भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २०० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?