नेपाली काँग्रेस मधेश प्रदेश अनुशासन समितिले आफ्ना नेता तथा कार्यकर्तालाई सक्रिय भई गठबन्धनका उम्मेदवारहरूलाई जिताउन निर्देशन दिएको छ ।
शुक्रवार नेपाली कांग्रेसका केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाको उपस्थितिमा बसेको मधेश प्रदेश अनुशासन समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समितिले कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई गठबन्धनका पाँच दलीय उम्मेदवारहरूलाई विजयी निर्देशन दिएको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिए ।
साथै, बैठकले नेपाली कांग्रेसको विधान तथा गठबन्धनको नीति विपरीत अनुसाशनहीन क्रियाकला गरेमा पार्टीको विधान अनुसार कारबाही हुने निर्णय गरेको छ । बैठकमा नेपाली कांग्रेसका मधेश प्रदेश अनुशासन समितिका संयोजक सुरेशप्रसाद यादवका साथै नेपाली कांग्रेस मधेश प्रदेश अनुशासन समितिका आठ ओटै जिल्लाका जिल्ला संयोजकहरूको उपस्तिथि थियो ।







