सर्लाही,२५ पुष । सर्लाही जिल्लाको पर्सा गाउँपालिका अन्तर्गत संग्रामपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा भयानक दुर्घटना भएको छ। मधेस प्रदेश ०३ ०२४ प ६२०० नम्बर प्लेटको अपाचे र ना.४३ प २७५ नम्बर प्लेटको सुपर स्प्लेन्डर मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्।
घाइते हुनेहरूमा संग्रामपुर निवासी रबि महतो र पोखरियाका एकजना व्यक्ति रहेका छन्, जसको नाम हालसम्म खुलेको छैन। घाइतेहरूको अवस्था गम्भीर रहेकोले उपचारका लागि अस्पतालमा पठाइएको छ।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेकोले घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ।






