विमानस्थलको सुचारु भए पछि टीकापुरमा सम्भावनाको ढोका खुलेको छ: मन्त्री पाण्डे

२०८१ पुष २५, बिहीबार १९:०४

टीकापुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले टीकापुर विमानस्थलको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहीबार सुदुरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव  २०८१ को समुद्घाटन समारोहमा सम्बोधन गर्दै उनले टीकापुर विमानस्थलको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मन्त्री पाण्डेले लामो समयपछि पुन सुचारु भएको विमानस्थलले टीकापुरको सम्भावनाको ढोका खोलेको भन्दै टीकापुरमा अन्य सम्भावना पनि बढेको बताए ।

टीकापुरका परिकल्पनाकार खड्गबहादुर सिंहको परिकल्पना अझै पूरा नभएको बताउँदै उनको परिकल्पना अनुसार टीकापुर बनाउन सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो । देशलाई स्थायित्व दिन नै दुई ठुला दल मिलेर सरकार निर्माण गरेको बताउँदै स्थायित्वले मात्र देशको विकास हुने पनि उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?