पिकअप भ्यान दुर्घटनामा चालकको मृत्यु, ३ बालिका घाइते

२०८१ पुष २६, शुक्रबार १९:४१

रोल्पा । रोल्पाको माडी गाउँपालिका-१ मा  पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो  सुन्तला बोकेर  नेपालगन्ज जाँदे गरेको   लु १ च ८६८७ नम्बरको भ्यान  ब्रेक फेल भएर सडकदेखि करिब २० मिटरमुनि खसेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सो दुर्घटनामा माडी-१ भिताबाङका २० वर्षीय चालक हुकुम घर्ती मगरको च्यापिएर मृत्यु भएको छ । यस्तै भ्यानमा सवार ३ बालिका गम्भीर घाइते भएको बताइएको छ ।

घाइते हुनेमा त्रिवेणी गाउँपालिका-४ की १४ वर्षीया दिलमाया घर्ती मगर, १२ वर्षीया सरिता घर्ती मगर र त्रिवेणी-२ नुवागाउँकी ११  करुणा बाठामगर रहेका छन् ।

उनीहरु पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्डमा सहभागी भएर   घर फर्कन लिफ्ट मागेर भ्यानमा चढेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?