बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?

२०७९ कार्तिक २०, आईतवार ०६:३४

२० कार्तिक। नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज (आइतबार) सुनको मूल्य १४०० रुपैयाँले बढेको हो ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० रहँदा शुक्रबार रु ९३ हजार १०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार रहेकामा शुक्रबार प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी पनि ५० रुपैयाँ बढ्दै एक हजार २७५ मा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २२५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?