घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?

२०७९ कार्तिक २१, सोमबार ०६:२९

२१ कार्तिक। नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज (सोमबार) सुनको मूल्य २०० रुपैयाँले घटेको हो ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० रहँदा आइतबार रु ९४ हजार ५०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ८०० रहेकामा आइतबार प्रतितोला रु ९४ हजारमा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी पनि १० रुपैयाँ घट्दै एक हजार २६५ मा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २७५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?