२२ कार्तिक। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज (मंगलबार) देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।






