महोत्तरीको जलेश्वरमा सुचनाको हक सम्बन्धि एक दिने गोष्ठी कार्यक्रम सम्पन्न

२०८१ माघ २, बुधबार २३:२९

आर जे इर्साद महोत्तरी, २ माघ, महोत्तरी जिल्ला जलेश्वर नपा ०२ स्थित पत्रकार महासंघ जलेश्वरको सभा हलमा मिडिया काउन्सिल मधेश प्रदेश , जनकपुरधामको आयोजना तथा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको समन्वयमा मिडिया काउन्सिल मधेश प्रदेशको अध्यक्ष कैलाश दासको अध्यक्षतामा सुचनाको हक सम्बन्धि एक दिने गोष्ठी कार्यक्रम आयोजना गरिएको थियो ! कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेश सुचना तथा संचार मन्त्री मा राजकुमार लेखि बिशिस्ट अतिथी प्रदेश सभा सदस्य मा सुरिता साह प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, अतिथी जलेश्वर नगरपलिका का प्रमुख सुरेश साह सोनार, मटिहानी नगरपालिका का प्रमुख हरि प्रसाद मन्डल पत्रकारहरु सहितको उपस्थिति रहेको थियो !
कार्यक्रममा सुचनाको हकको महत्त्व, गोपनियताको हक र सुचनाको हक, सुचनाको हक प्रभावकारी औजारहरुको बारेमा छलफल आर टि आई फेडरेशनका मधेश प्रदेश उपाध्यक्ष, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य
राजेश कुमार कर्णले प्रशिक्षण दिनु भएको थियो ! कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख मन्डलले आफ्नो मन्तव्य व्यक्त गर्दै पत्रकार तथा पत्रकारितालाई सम्बोधन गर्दै पत्रकारिता देशको गौरवमय कार्य हो जसमा जिल्लामा रहेका सुचना सम्प्रेषणका माध्यमहरु रेडियो, टि भि, पत्रपत्रिकालाई अगाडि बढ्न प्रोत्साहन गर्नुपर्छ प्रसंङ्गमा उदाहरणको रुपमा भन्दै महोत्तरी जिल्लाको रेडियो अप्पन मिथिलामा कार्यरत रहेका आर जे इर्साद हिन्दी भाषिक भएर पनि संघर्ष गरेर मैथलिमा राम्रो सुचना प्रवाह गर्दै आइरहेको बताउनु भयो ! साथै मधेश प्रदेशमा दर्ता रहेको एफ एम रेडियो , टि भि र पत्रपत्रिकाहरु कतिपय हराएर गएका छन सके सम्म सबैलाई सन्चालनमा ल्याउने जिक्र गर्नुभयो! त्यस्तै महोत्तरी जिल्ला पत्रकार महासंघका अध्यक्ष महेश दासले मिडिया र सरकारी कार्यालय तथा अन्य कार्यालय बिच दुरि रहेको भन्दै हामी जिरो बाट सुरु गरेकाछौ तपाइहरुको सहयोग हामिलाई चाहिन्छ एकार्काको सहयोगि बनेर अगाडी बढ्नुपर्छ भन्ने कुरालाई जोड दिदै उहाले उपस्थित प्रमुख अतिथि बिशिस्ट अतिथि तथा अतिथिहरुलाई आग्रह गर्नुभयो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?