डेढ वर्षीया बालिकाको शव फेला

२०८१ माघ ३, बिहीबार १९:१९

सप्तरी,०३ माघ।  सप्तरीमा डेढ वर्षीया बालिकाको शव फेला परेको छ। प्रहरीका अनुसार जिल्लाको राजविराज नगरपालिका १५ स्थित खाँडो खोलामा एक डेढ वर्षीया बालिकाको शव फेला परेको हो।

उक्त स्थानमा गाडिएको अवस्थामा शव फेला भेटिएको थियो। शवलाई जनावरले हात र खुुट्टा खाइसकेको देखिएको तथा घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?