२३ कार्तिक । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज (बुधबार) सुनको मूल्य १४०० रुपैयाँले बढेको हो ।
स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० रहँदा मंगलबार रु ९४ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० रहेकामा मंगलबार प्रतितोला रु ९३ हजार ५०० मा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदी मूल्य पनि ३० रुपैयाँले बढ्दै एक हजार २९५ मा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २६५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।






