जनकपुरधाम,०६ माघ । जनकपुरधाम, ज्ञानकुप स्थित सद्गुरु कबिर बाल आश्रममा रहेका बालबालिकाहरुका लागि समाजसेवी युवा विमलेश महराले आफ्नो २१ औं जन्मदिन विशेष गरी बनाएका छन्। महराले आफ्नो जन्मदिनको अवसरमा आश्रममा रहेका बालबालिकाहरुलाई फलफूल र खाद्यान्न सामग्री सहयोग गरेर मनाएका हुन्।
उनले आश्रममा आश्रित बालबालिकाहरुका लागि ५० किलो चामल, २५ किलो आटा, दाल, एक थान ग्यास सिलिन्डर, र नगद १ हजार रुपैयाँ सहयोग गरेका छन्। महराले यस कार्यले आफूलाई मनको सन्तोष दिएको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरुमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो सहयोगले बालबालिकाहरुलाई राहत मिलेको छ । महराका अनुसार, यस प्रकारका साना-साना प्रयासहरुले समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुर्याउँन सकिन्छ ।






