विवाहको उमेर १८ वर्षमा झार्ने विषयमा सरकारको ध्यानाकर्षण

२०८१ माघ ९, बुधबार १२:३०

मुगु,०९ माघ । मुगुस्थित बालविवाह न्यूनीकरण सम्बन्धी काम गर्ने गैरसरकारी संघ–संस्थाहरूले विवाहको उमेर १८ वर्षमा झार्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

जिल्ला प्रशासन कार्यालय मुगु पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विवाहको उमेर १८ वर्षमा झार्ने विषय गलत भएको भन्दै ध्यानाकर्षण पत्र बुझाएर सरकारको ध्यानाकर्षण गराइएको हो ।

गत माघ २ गते बसेको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिअन्तर्गत गठित उपसमितिले विवाहको उमेर १८ वर्षमा झार्न सुझाव दिएको विषयमा मुगु जिल्लास्थित बालविवाह न्यूनीकरणसम्बन्धी काम गर्ने सक्रीय गैरसरकारी संघ–संस्थाहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराउन ध्यानाकर्षण पत्र बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?