जनकपुरधाम,०९ माघ । धनुषाको क्षिरेस्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा एक युवकको शव तैरिरहेको अवस्थामा फेला परेको छ। मृतकको पहिचान गगन देव महराका छोरा, २१ वर्षीय आन्सु कुमार महरा रहेको छ।
परिवारका अनुसार, महरा चार दिनदेखि हराइरहेका थिए। उनी माछा ल्याउन घरबाट निस्किएका थिए र त्यसपछि सम्पर्कविहीन भएका थिए।
महरा माछा मार्ने क्रममा डुबेको हुन सक्ने अनुमान गरिएको छ। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।थप विवरण आउन बाँकी छ।






