आज बढ्यो सुनको मूल्य, कति छ तोलाको ?

२०७९ कार्तिक २५, शुक्रबार ०६:२५

२५ कार्तिक । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज (शुक्रबार ) सुनको मूल्य १३०० रुपैयाँले बढेको हो ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० रहँदा बिहीबार रु ९५ हजार ४०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार २०० रहेकामा बिहीबार प्रतितोला रु ९४ हजार ९०० मा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी मूल्य पनि १० रुपैयाँले बढ्दै एक हजार २९५ मा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २८५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?