२७ कार्तिक । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज (आइतबार) सुनको मूल्य ६०० रुपैयाँले बढेको हो ।
स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० रहँदा शुक्रबा रु ९६ हजार ७०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० रहेकामा शुक्रबार प्रतितोला रु ९६ हजार २०० मा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदी मूल्य पनि शुक्रबारको मूल्य भन्दा ५ रुपैयाँले बढ्दै एक हजार ३०० मा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २९५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।






