२८ कार्तिक । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको रसुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज (सोमबार) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यसैगरी आज राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा र तापक्रममा कमी आउने सम्भावना भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।






