आज घट्यो सुनको मूल्य, कति छ तोलाको ?

२०७९ कार्तिक २८, सोमबार ०६:१६

२८ कार्तिक । नेपाली बजारमा सुनको मूल्य घटेकोछ । आज (सोमबार ) सुनको मूल्य १०० रुपैयाँले घटेको हो ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० रहँदा आइतबार रु ९७ हजार ३०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० रहेकामा आइतबार प्रतितोला रु ९६ हजार ८०० मा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी मूल्य पनि आइतबारको मूल्य भन्दा ५ रुपैयाँले घट्दै एक हजार २९५ मा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ३०० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?