सुरु भयो प्रेमपर्व, प्रणय दिवसको पहिलो दिन आज ‘रोज डे’

२०८१ माघ २५, शुक्रबार १०:१४

काठमाडौँ,२५ माघ – ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस सप्ताह आजबाट सुरु भएको छ। प्रत्येक वर्ष फेब्रुअरी ७ बाट सुरु हुने भ्यालेन्टाइन डे सप्ताह १४ फेब्रुअरीसम्म मनाइन्छ।

भ्यालेन्टाइन डे सप्ताहको पहिलो दिन आज अर्थात् फेब्रुअरी ७ लाई ‘रोज डे’ को रूपमा मनाइन्छ।

आजको दिनमा आफ्नो प्रिय व्यक्तिलाई रातो गुलाफको फूल उपहार स्वरूप प्रदान गरेर एक अर्काप्रतिको सम्मान र मायालाई दर्शाउने गरिन्छ।

‘भ्यालेन्टाइन डे’ अन्तर्गत फेब्रुअरी ७ मा ‘रोज डे’, फेब्रुअरी ८ मा प्रपोज डे, फेब्रुअरी ९ मा ‘चकलेट डे’, फेब्रुअरी १० मा ‘टेडी डे’, फेब्रुअरी ११ मा ‘प्रमिस डे’, फेब्रुअरी १२ मा ‘हग डे’, फेब्रुअरी १३ मा ‘किस डे’, फेब्रुअरी १४ मा ‘भ्यालेन्टाइन डे’ पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?